काठमाडौं, ११ जेठ । सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको अधिकृतमा नेपाली सेनाका पूर्वरथी शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन ट्टराईले जानकारी दिएका छन् । सरकारले शर्मालाई सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरेको छ ।











प्रतिक्रिया