
काठमाडौँ, १० जेठ । नेकपा एमालेले थप १२ जना नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया