१४ कार्तिक २०८३, शनिबार

खनाल र नेपालसहित ११ नेतालाई पार्टीबाटै निष्काशन गर्ने एमालेको निर्णय

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । नेकपा एमालेले नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

बालुवाटारमा सोमबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न हस्ताक्षर गरेको र पार्टीविरुद्ध गतिविधि गरेकाले कारवाही गरिएको बताइएको छ ।

यसअिघ ११ जना नेताहरुलाई स्पष्टिकरण माग गरिएको थियो ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।