
काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतमा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिन ३ वटा रिट पेश भएका छन् ।
उता संसद विघटनविरुद्ध हालसम्म ३० वटा रिट दर्ता भइसकेका छन् ।
त्यस्तै, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट निवदेन पेश गरिएको छ ।
विपक्षी ४ दलका गठबन्धनले १४६ जना सांसदको हस्ताक्षरसहित रिट पेश गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।












प्रतिक्रिया