१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा २ हजार ७८५ जनामा कोराना पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १ हजार ८०६, ललितपुरमा ६८१ सय र भक्तपुरमा २९८ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १९ हजार ८४६ पीसीआर र ६०७ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख २० हजार नाघेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ जना रहेको छ ।

२४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ५३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।