
काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन अघि नैसबैलाई कोभिड १९ विरुद्धको खोप लगाइने बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकार निर्वाचन अगाडि नै सबैलाई खोप लगाउने प्रयासमा जुटेको बताए ।
खोप ल्याउनका लागि विभिन्न देशहरुसँग छलफल भइरहेको पनि उनले बताए ।
नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् ।
हालसम्म नेपालमा २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।












प्रतिक्रिया