१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा २ हजार ८२१ जनामा कोराना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १ हजार ७६१, ललितपुरमा ६९४ सय र भक्तपुरमा ३६६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् ।

मन्त्रालयका अनुसार १८ हजार ९६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ९१४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख १३ हजार २४१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ९१ हजार ३४८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ जना रहेको छ ।

२४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ३४६ जना पुगेको मन्त्रालयले जनाएको छ ।