१४ कार्तिक २०८३, शनिबार

निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ, ढुक्क हुनुहोस्ः प्रधानमन्त्री ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लोकतान्त्रिक आचरणभन्दा पर नजाने र आफूले गराउने चुनाव निष्पक्ष हुने बताएका छन् ।

आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् ।

‘मैले गराउने चुनाव निष्पक्ष हुन्छ, लोकतान्त्रिक आचारण भन्दा बाहिर गएर चुनाव हुँदैन’, ओलीले भने, ‘मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा हुनेछ । स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले आफू कति बाँच्छु भन्ने थाहा नभएको तर लोकतन्त्र सधैँ बाच्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई जिताउनु आफ्नो कर्तव्य भएको बताउँदै उनले भने, ‘लोकतन्त्रलाई जिताउनु मेरो कर्तव्य हो । म कति बाँच्छु थाहा छैन । तर लोकतन्त्र सधैँ बाच्नुपर्छ’

त्यस्तै, उनले थपे, ‘मेरो पार्टीले चुनाव चित्छ जित्दैन थाहा छैन, लोकतन्त्रले सधैँ जित्नुपर्छ ।’

त्यस्तै, यो लडाइँ आफ्ना लागि नभएको पनि जनाएका छन् । ‘मेरो लडाइँ आफ्ना निम्ति होइन। जब मान्छे बृहत् लक्ष्यका लागि लड्छ तबमात्र ज्यान जोखिममा राख्नसक्छ । मैले सधै ज्यान जोखिममा राखेको छु’, ओलीले भने ।

त्यस्तै, उनले चार जना ७० वर्ष कटेका मान्छेका कारण देशमा संकट पैदा भएको बताए ।

‘कुनै भ्रममा नपर्नुहोस् । अहिले अस्वस्थता मच्चाउने को छन् ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन्। युवाको भविष्य र बालबालिकाको भविष्य होइन । आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘१५–१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे। फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन् । यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ । त्यस महत्वकांक्षाले देश बिग्रदैछ ।’