२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमितलाई कालो ढुसीको उच्च जोखिम

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ९ जेठ । कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।

ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने गरेकामा कोरोना सङ्क्रमणका कारण पनि हुने गरेको एम्सका न्यूरोसर्जरीका प्राध्यापक डा.पी शरदचन्द्रले बताएको एएनआइले जनाएको छ ।

मधुमेह नियन्त्रण हुन नसक्दा र बिरामीलाई भेन्टिलेसनमा राखेर पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।

यही कारण कोरोना सङ्क्रमितलाई पनि ६ हप्ताभित्र ब्ल्याक फङ्गस देखिने जोखिम रहेको उनले बताए । सिलिन्डरबाट चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण ब्ल्याक फङ्गसजस्ता समस्या आउने उनको भनाइ छ ।

ब्ल्याक फङ्गसलाई भारतका राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडू जस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत सूचीकृत गरिसकेका छन् ।