१४ कार्तिक २०८३, शनिबार

एस ओ एस वालग्रामद्वारा दमौली अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

काठमाडौँ, ८ जेठ । एस ओ एस वालग्राम तनहुँद्धारा दमौली अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

देशमा वढ्दै गईरहेको कोभिड संक्रमितहरुलाई स्वास्थ्य सेवामा सहजता होस् भन्ने अभिप्रायले जिल्लाको दमौली अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको एस ओ एस वालग्राम गण्डकीका योजना निर्देशक भगत कुमार श्रेष्ठ र प्रदिप भक्त आचार्यले बताए ।

संस्था नै समाजिक उत्तरदायित्व अन्र्तगत काम गर्ने भएको हुदाँ समुदायमा रहेको समस्यामा आफुहरुले सक्दो सहयोग गर्ने बताए ।

व्यास नगरपालिकाको वडा नं १३ र १४ म संचालित समुदायमा आधारित परिवार सवलिकरण कार्यक्रम अन्र्तगत समाजिक जवाफदेहिता अन्र्तगत व्यास नगरपालिकाका प्रमखु वैकुष्ठ न्यौपानेलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो ।

४० लिटरको अक्सिजन सहितको सिलिण्डर ५ थान, ५ सेट वेड, ५० थान पिपिई सेट, ६० थान फिल्ड सेट, १०० थान एन नाईन्टिफाईभ मास्क, ह्याण्ड स्यानिटाईजर २० लिटर, ग्लोव्स १००० थान हस्तान्तरण कार्यक्रममा दमौली अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारी, अस्पतालका सुपरिटेन्डेन्ट डा. सुनिल पोडेल, व्यास नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मेघनाथ आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिकाका मेयर वैकुष्ठ न्यौपानेले वालग्रामको उक्त कार्य अति सह्रानिय भएको बताए । देश नै कोभिडको चपेटामा रहेको वेलामा संस्थाले स्वास्थ्य सँग सम्वन्धित समाग्री हस्तान्तरण गरेर समाजिक उत्तरदायित्व वहन गरेको बताए ।

यसैगरि दमौली अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीले वालग्रामको स्वास्थ्य समाग्री हस्तान्तरणले सक्रमितको उपचारमा धेरै ठुलो राहत हुने बताए । व्यास नगरपालिकाको प्राङ्गणमा भएको उक्त कार्यक्रमको संचालन वालग्रामका तनहुँ प्रतिनिधी अमृत पन्थीले गरेका थिए ।