१४ कार्तिक २०८३, शनिबार

एकै दिनमा ८ हजार ८४८ जनाले जिते कोरोना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको छ ।

गत २४ घण्टामा थप ८ हजार ९८०जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र ७४८ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेको छ ।

२४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।