काठमाडौं, ८ जेठ । संसद भङ्ग भएपछिको अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरूले छलफल गर्न लागेका हुन् ।
बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।











प्रतिक्रिया