
काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी नेपालले नयाँ प्रधानमन्त्रीको दावीको पक्षमा हस्ताक्षर गर्ने १२ जना सांसदहरुलाई कारवाही गरिने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको हो ।
जसपाका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका १२ जनालाई सांसदबाट हटाउन पार्टीले कारवाही प्रकृया अघि बढाएकोले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।
जसपा नेपालका उपन्द्र यादव पक्षका १२ जना सांसदहरुले देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।












प्रतिक्रिया