१४ कार्तिक २०८३, शनिबार

राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आजः योगेश भट्टराई

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरुले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्तार गरे पनि योगेश भट्टराईले गरेका थिएनन् ।

यही विषयलाई लिएर भट्टराईले आज आफ्नो राजनीतिक जीवनकै कठिन दिन भएको बताएका छन् ।

पार्टीको एकतालाई कायम गर्न आफूले हस्ताक्षर नगरेको स्पष्ट पार्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’