
काठमाडौं, ७ जेठ । नेपाली बजारमा आज शुक्रबारमा सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो । यससँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया