
काठमाडौं, ७ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाइसकेको छ ।
शुक्रबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ ।
बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।











प्रतिक्रिया