१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा ३ हजार २३२ जनामा कोराना पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा २ हजार ६००, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २१ हजार ६९५ पीसीआर र ३९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३०५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना रहेको छ ।

२४ घण्टामा थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ८४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।