१४ कार्तिक २०८३, शनिबार

स्पेनले नेपाललाई दियो १ मिलियन युरो बराबरको स्वास्थ्य सामाग्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । नेपाललाई स्पेन सरकारले ५ टन स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

स्पेनले १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री १ मिलियन युरो बराबरको रहेको बताइएको छ ।