७ कार्तिक २०८३, शनिबार

कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्दै माओवादी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्ने भएको छ ।

सोही कार्यक्रम घोषणाका लागि अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थायी कमिटी बैठक बसिरकेको छ । हिजो पनि यही विषयमा केन्द्रित भएर माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । माओवादीको स्वाथ्य विभागले विज्ञहरुसँग गरेको छलपफलपछि दिउँसो तीन बजे बैठक बसेको थियो ।

हिजोको स्थायी कमिटी बैठकमा सबैको सुझाव लिन नसकिएपछि आज सबैको सुझाव सुन्दै केही विशेष कार्यक्रम घोषणा गर्ने तयारी पार्टीले गरेको बताइएको छ ।

यद्यपि, कोरोना महामारी नियनत्रणमा लाग्न पहिले पार्टीको संरचना बनाउने र त्यसपछि अरु राजनीतिक पार्टीहरुसँग पनि मिलेर यो विषयलाई संयुक्त रुपमा लैजाने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।