लण्डन, ६ जेठ । इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले बर्नलीलाई पराजित गरेको छ ।
बर्नलीको घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एकरएक गोल गरे ।
पहिलो हाफको ४३औं मिनेटमा रोबर्टो फरमिनोको गोलबाट लिभरपुललाई अग्रता मिलेको थियो । दोस्रो हाफमा लिभरपुलले अर्को २ गोल थप्यो ।
५२औं मिनेटमा साडियो मानेको क्रसमा डिफेन्डर न्याट फिलिपले हेडर गोल गर्दा लिभरपुलले अग्रता दोब्बर बनायो ।
खेलको ८८औं मिनेटमा मिडफिल्डर अक्सलेड च्याम्बरलेनको गोलसँगै लिभरपुलले ३–० को जित हात पार्यो ।
जितसँगै अंक तालिकाको शीर्ष चारमा उक्लिएको लिभरपुलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
योर्गेन क्लोप नेतृत्वको लिभरपुलले आगामी आइतबार क्रिस्टल प्यालेससँग लिगको अन्तिम खेल खेल्नेछ ।















प्रतिक्रिया