शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

कोरोना संक्रमणबाट काठमाडौं प्रहरी परिसरका डीएसपी केसीको निधन

दैनिक नेपाल २०७८ जेठ ६ गते १०:५०

काठमाडौं, ६ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

प्रहरी अस्पतालमा उपचाररत केसीको ४३ वर्षको उमेरमा निधन भएको हो । दुई साताअघि कोरोना पुष्टि भएका उनलाई स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित