८ कार्तिक २०८३, आइतबार

लाईसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाईसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ ।

यससंगै ओपोको एचईभीसी एच.२६५ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाईसेन्स (जसको गणना वर्ल्ड—वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका साथै थपिने क्रममा छ)मा सम्मिलित भएको छ ।

‘हामी एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै हर्षित छौँ । यसले भिडियो प्रोशेसिंगको क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमूलेशन उपलब्धिको प्रतिनीधित्वपनि गरेको छ’, ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘हामीले जस्तै लाईसेन्सी र लाईसेन्सरका चाहना विच तालमेल मिलाउँदै एचईभीसी तथा भविष्यका भिडियो प्रोशेसिंग प्रविधिका लागि स्वस्थ ईकोलोजिकल वातावरण निर्माण गर्ने उद्देश्यका साथ अघि बढी रहेको लाईसेन्सिंग प्ल्याटफर्म एक्सेस एडभान्ससंग सहकार्यका लागि उत्साहित छौँ ।’