शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रधानमन्त्रीद्वारा स्थायी कमिटी र मन्त्रिपरिषदको बैठक आह्वान, बोल्ड निर्णय हुने

दैनिक नेपाल २०७८ जेठ ६ गते १०:२०

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा संसदको बैठक र विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार नीति तथा कार्यक्रम र वजेट ल्याउन अगाडि विश्वासको मत लिने विषयमा पनि छलफल हुन सक्ने छ ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री बनेपछि विश्वासको मत लिएका छैनन् । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिएर मात्रै वजेट ल्याउन सुझाव आएपछि ओलीले बजेटअघि नै विश्वासको मत लिने तयारी समेत गरेका छन् ।

यसैबीच, ओलीले आजै मन्त्रिपरिषदको बैठक बोलाएका छन् । ओलीले साढे दुई बजे बालुवाटारमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । मन्त्रिपरिषद बैठकबाट संसदको विशेष अधिवेशन बोलाउन सिफारिस गरेर विश्वासको मत लिने निर्णय गर्न सक्ने एक मन्त्रीले बोलाए ।

प्रतिक्रिया
सम्बन्धित