शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

एमाले स्थायी कमिटी बैठक बस्दै

दैनिक नेपाल २०७८ जेठ ६ गते १०:१६

काठमाडौं, ६ जेठ । नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

आज बिहीबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्न नसकिरहेको बेला एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित