शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

चार्टर उडानबाट नेपालीहरू पनि विदेश जान पाउने

दैनिक नेपाल २०७८ जेठ ६ गते ८:१०

काठमाडौं, ६ जेठ । निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरूका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ ।

यो निर्णयसँगै अब नेपालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राहदानी भएकाले चार्टर उडानमा विदेश जान बाटो खुला गरिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

मन्त्रालयले अहिले जारी निषेधाज्ञामा नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई साउदी अरबको दमाम र रियादमा काठमाडौंमा रोकिएका भारतीय नागरिकलाई मात्रै लैजान पाउने सर्तमा चार्टर उडानको अनुमति दिएको छ ।

टर्कीको टर्किस र कतारको कतार एयरवेजलाई तेस्रो मुलुकका विदेशी तथा कूटनीतिक नियोगका कर्मचारीका लागि चारवटा उडानको अनुमति दिएको छ । हाल नेपालमा करिब १४ सय विदेशी रहेको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित