शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

लमजुङमा ५७ पटक भूकम्पको धक्का

दैनिक नेपाल २०७८ जेठ ५ गते २२:२१

लमजुङ, ५ जेठ । विहानबाट हालसम्म एकै दिन ५७ पटक भूकम्पको धक्का महशुस भएको छ ।

यीमध्ये चार रेक्टर भन्दा माथिका चार वटा र ५२ वटा सो भन्दा कमको रहेको बताइएको छ ।

चार भन्दा माथि गएका बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १ र ८ बजेर २६ बजेटमा ५ दशमलव ३ रेक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ ।

जिल्लामा अझै भुकम्पको धक्का पटक पटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट, ७ बजेर २४ मिनेट र ८ बजेर ४ मिनेटमा समेत धक्का महशुस भएको छ ।

प्रतिक्रिया
सम्बन्धित