शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

सरकारले यी ३० निजी अस्पतालमा पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

दैनिक नेपाल २०७८ जेठ ५ गते २०:२९

काठमाडौँ, ५ जेठ । सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति अस्पतालहरुसँग सम्झौता गरेर यो सुविधा प्रदान गर्न लागेको हो ।

मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको बताए ।

जसअनुसार मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोध भर्ना बापत अस्पताललाई दिनेछ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित