
तुलसीपुर, ५ जेठ । साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको बताए ।
मेट्रो अस्पतालमा निर्माण गरिएको आइसोलसनमा अहिले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि सहयोग गरेको धितालले बताए ।
‘म रोजगारीका लागि विदेशमा भएपनि मेरो मन नेपालमै छ । मेरो श्रीमती र छोराछोरी पनि नेपालमै छन्,’ धितालले भने – ‘हामी बिरामी हुँदा उपचारका लागि जाने अस्पताल पनि त्यही हो । त्यसैले आफ्नो कर्तव्य सम्झेर दुःखसुख गरेर कमाएको पैसा पठाएको हुँ ।’












प्रतिक्रिया