मुम्बई । बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ पाइरेसी गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीटरमा एक स्टाटस लेख्दै फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् ।
राधे इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। तर, केही घण्टामा नै फिल्म पाइरेसी भएको थियो ।
‘हामीले फिल्म राधे २४९ रुपियाँमा हेर्ने गरी ल्याएका थियौं । फिल्म पाइरेसी भइरहेको छ’, सलमानले भने, ‘जुन गैरकानूनी अपराध हो ।’
‘साइबर सेल गैरकानूनी रुपमा फिल्मको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ । साइबर सेलले तपाईंविरुद्धमा कडा कदम चाल्नेछ । प्लिज, सम्झिनुहोला तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ’, उनले लेखेका छन् ।
फिल्ममा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डाको मुख्य भूमिका छ। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।
सलमान यस फिल्ममा इन्काउर स्पेशलिस्टको भूमिकामा छन् । सन् २००९ मा बनेको फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए । वान्टेडकै केही डाइलग यस फिल्ममा पनि सलमानले दोहोर्याएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।
फिल्ममा सलमानले पहिलोपल्ट किस सिन पनि दिएका छन् । मुखमा टेप लगाएर नायिका दिशा पटानीसँग गरेको किस सिनले सञ्चारमाध्यममा राम्रो ठाउँ पाएको थियो ।
दिशालाई यो फिल्ममा निकै ग्लामरस र स्टाइलिस लुकमा देख्न सकिन्छ भने सलमान पनि ड्यासिङ लुकमा छन् । यस फिल्ममा ज्याकी श्राफको पनि अभिनय छ ।















प्रतिक्रिया