लण्डन, ५ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत भएको खेलमा चेल्सीले जित हात पारेको छ ।
मंगलबार राति घरेलु मैदानमै सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै चेल्सीले आगामी सिजनको च्यापिम्यन्स लिग फुटबलमा छनोट हुने सम्भावनासमेत बलियो बनाएको छ ।
चेल्सीका लागि ४७ औं मिनेटमा रुडिगर तथा ६६ औं मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरेका हुन् । लेस्टर सिटीका लागि इहिनाचोले खेलको ७६औं मिनेटमा फर्काए ।
जितसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ३७ खेलबाट ६७ अंक भएको छ भने चौथो स्थानमा झरेको लेस्टर सिटीको ६६ अंक छ ।
गतसाता चेल्सीलाई १–० ले पराजित गरी लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको थियो ।















प्रतिक्रिया