नयाँदिल्ली, ५ जेठ । भारतको उत्तराखण्ड राज्यमा पछिल्लो डेढ महिनामा १६ हजार भन्दा धेरै बच्चा र १९ वर्षसम्मका मानिसमा संक्रमण पुष्टि भयो । स्टेट कन्ट्रोल रुम कोभिड १९ को बेवसाइटका अनुसार यो संख्यामा ९ वर्ष उमेर समूहका ३ हजार २० जना र १० देखि १९ वर्षका १३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको पहिलो संक्रमितको अघिल्लो वर्ष मार्चमा पुष्टि भएको थियो। एक वर्षको अवधिमा ३१ मार्चसम्म प्रदेशमा बच्चा र किशोरहरुमा कुल १० हजार ७ सय ४० जना मा कोरोना पुष्टि भएको हो । यो तंथ्याक अप्रिल २०२१ सम्म १८ हजार पार गरेको छ। बालबालिकामा तिब्र रुपमा कोरोना फैलने क्रम जारी रहेको छ । उत्तर प्रदेशमा कोरोनाको तेस्रो लहर शुरु भएको अनुमान गरिएको छ ।
उत्तराखण्डका डाइरेक्टर नेसनल हेल्थ मिसन डा। सरोज नैथानीले यो आँकडाले सिंगो भारतलाई सचेत गराउनु पर्ने अवस्था आएको बताए ।
महामारीको इतिहासलाई हेर्ने हो भने सामान्यतया महामारीको ३ देखि ४ वटासम्म लहर आउने उनले बताए। अहिलेसम्म भारतमा १८ वर्षभन्दा बढी उमेर समूहका मान्छेमा मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएकाले खोप लगाउन बाँकी रहेका १८ वर्षभन्दा कम उमेरका बच्चाहरुमा यसको खतरा देखिएको छ ।















प्रतिक्रिया