काठमाडौं, ५ जेठ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–तेको प्रभाव कारण नेपालका केही भागमा हल्का वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू(भागको एक रदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
उच्च हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेको कारणले खोलानालाहरूमा जलप्रवाह बढ्ने, यातायात क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि सामुद्रिक आँधीको प्रभावले नेपालको पश्चिम भूभागमा हुने वर्षाका कारण सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा बहाव बढ्ने, केहीमा सतर्कता तह पुग्न सक्ने बताएको छ । महाशाखाले जेठ ७ गतेसम्म नदीतटीय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।















प्रतिक्रिया