५ मंसिर २०८३, शनिबार

रुकुम जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, चार जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ५ जेठ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बुधबार बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।