शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सचेत क्रान्ति एक उर्जा बन्दै

सुदर्शन जोशी 'तेजस्वी' २०७८ जेठ ४ गते १९:००


-सुदर्शन जोशी ‘तेजस्वी’

जसरी हावा, पानीबाट बिजुली निस्कन्छ । जसरि विजले माटो पाएपछि वृक्ष वन्छ र वृक्षलाई रोपण गरेपछि त्यो रुख भएर फल, हावा, जडिवुटि, दाउरा, काढ दिन्छ ।

त्यसरी नै शाकाहारि खानपिन, प्रकृतिप्रेम, मानवता, साधना र सामाजिक न्यायमा आधारित जीवन शैलिले समाज व्यवस्थामा समाजलाई नै असल शासनमा परिणत गर्दछ ।

यो नै अहिलेको संकट टार्ने उपाय र उर्जा हो । जहाँ हिजोको ज्ञान र आजको विज्ञानमा भएका जिवन उपयोगी विषयहरुको खोज गरि भविष्यलाई असल, उर्जावान, सृजनशिल वनाउने प्रयत्न गरिन्छ ।

यो भनेको दिगो प्रयोग, उपयोग र सदुपयोग हो । यीनै शैलिमा रहि सचेत क्रान्ति प्रत्येक म को रुपान्तरणमा आधारित छ । जुन सिद्धान्त एवं प्रणालि बनेपनि त्यसलाई सन्चालन गर्ने त्यो म ले नै हो । म हरु सचेत हुनु नै नागरिक सचेत हुनु हो ।

जब सचेत क्रान्ति एक उर्जा वन्दछ तव विश्वासमा रहि कार्य गरि समुदायमा परिणाम निकाल्न लाग्दछौँ ।

सचेत क्रान्तिका केही उर्जाहरु: (विश्वास, कार्य, समुदाय, परिणाम)

१) विश्वासः– विश्वास गर्नुहोस् सचेत क्रान्ति भन्छ त्यो उर्जा प्रत्यक ममा छ । रुपान्तरणको उर्जा । झट्ट सुन्दा सचेत क्रान्ति अल्लि फरक विषयवस्तु जस्तो लाग्दछ ।

विश्वास गरि कार्य गरेमा समुदायमा नै यसले परिणाम निकाल्दछ । उर्जावान म वा नेतृत्व ले कृयासिल बस्तुस्थिति वनाई, रुपान्तरित म हरु साथमा राखेर अघि वढ्दा सफल भईन्छ ।

प्रत्येक उदाहरणहरुलाई हेर्दा कठिन समयलाई कमजोर बनाउन नसकिएला तर मन बलियो बनाउन सकिन्छ भन्ने नै भेटिन्छ। सोच राख्ने र सपना देख्नेहरुका लागि नै सफलता सम्भव छ । झन सचेत क्रान्ति ले त असलता सहितको सफलतालाई खोज्दछ ।

हेर्नुहोस् मन भित्र पनि म र न छ । म ले नराम्रो काम नगर्ने गरि जसले आफ्नो मन लाई बलियो बनाउदछ, उसैले अगाडी आएका कठिन परिस्थितिलाई पनि कमजोर बनाईदिन्छ। यो विस्वास प्रत्यक म मा जगाउनुुछ ।

आफूलाई सकारात्मक सोच र उर्जाले जति सिंचित गरिन्छ त्यति नै यो कठिन अवस्थामा पनि हामी उर्जावान आत्मवलका साथ अगाडी बढ्न सक्छौ ।

५) कार्य, सत्कर्मः– प्रत्यक म ले शान्ति, आनन्द, सुख चाहन्छ । प्रत्यक म का असल सपनाहरु छन र त्यसलाई प्राप्त गर्नु नै छ भने अवश्यपनि सचेत क्रान्ति वा रुपान्तरणको यात्रा आफैवाट शुरु गर्नुपर्दछ । सकारात्मक उर्जा ले प्रत्यक म को जीवन प्रत्यक म कै रुपान्तरणमा आधारित योजनामा बाँच्नका लागि स्पष्ट बाटो देखाउने छ ।

त्यसका लागि प्रत्यकले हिजो के के कर्म वा कार्य गरेकोले अहिले यो अबस्था आईरहेको छ हेरौ । अब सत्कर्म गर्न तर्फ लागौ ।सचेत क्रान्तिका आधारहरुलाई जीवन व्यवहारमा उतारौँ ।

सत्कर्म गरि रुपान्तरणको यात्रामा अघि बढ्नको लागि परिस्थिति कठिन बन्दै जान सक्छ । किनकि विश्वलाई परिवर्तन गर्नु छ भने आफ्नै कर्मवाट शुरु गर्नु पर्दछ । तर प्रत्यक म ले आत्मवल बलियो वनाउनुपर्दछ । प्रतिस्पर्धा भन्दा सहकार्य गरेर कर्म गर्नु पर्दछ ।

कमजोर मन लिएर कठिन यात्रा पार गर्न सकिदैन तर कोमल मनले सृजनाका फुलहरु फुलाउँदछ । त्यसैले आफूलाई सकारात्मक सोच र उर्जाले जति सिंचित गरिन्छ त्यति नै यो कठिन अवस्थामा पनि हामी उर्जावान आत्मवलका साथ अगाडी बढ्न सक्छौ ।

किनकि यो यात्रा आफु वाच्दै सबैलाई वचाउने र आफु हास्दै सबैलाई हसाउने हो । अहिले भ्रष्टाचार, असमानता, वेरोजगारि, कुशासन, तनाव, रोग व्याधि जस्ता समस्याका खाडलहरु वनेका छन ।

यी खाडलहरुमा पुल नवनाई भविष्यको उज्यालो तर्फ पुग्न गाह्रो छ । त्यसैले आजै अहिले नै सत्कर्म गर्न शुरु गरौ । विश्वास गरौ सत्कर्म रुपि पुलले पक्कै उपाय, समाधान निकाल्दछ ।

९) समुदायः–जसरि वुद्दका सिष्यहरु भिक्षा माग्ने वाहानामा समाजमा रहेका समस्या वुझ्ने र मनलाई खनजोत गरेर फलाएका ज्ञान, विधा समाजमा छर्ने गर्नुहुन्थ्यो । त्यस्तैगरि सचेत क्रान्ति पनि प्रत्यक समुदायमा पुग्दछ ।

प्रत्यक म एव समुदायमा पुगि हिजोको ज्ञान, आजको विज्ञान र भोलीको भविष्य संग सम्बन्धित रहि खुसि र प्रेरणा वाढ्ने सचेत यात्रामा निरन्तर सक्रिय रहि शरिरमा क्रान्ति, मनमा शान्ति, अनुहारमा प्रसन्नता लेराउने उर्जा सचेत क्रान्तिले गर्दछ !!

यो सचेत क्रान्ति एक सोच बनेर समुदाय समुदायमा पुग्दैछ । जहाँ बाट सहि परिणाम निकाल्नु छ । असलताको, मानवियताको, सचेतनाको ।

११) परिणामः– विकास के हो भन्ने प्रश्न वढो गम्भीर छ । स्वास्थ्य क्षेत्रको विकास भनेको हस्पिटल धेरै बन्नु, औषधि कम्पनिहरु धेरै खुल्नु, डाक्टर बन्न धेरै पैसा लगानि गर्नु, विरामिले आफ्नो रोग निको पार्न लाखौ खर्च गर्नु हो वा निरोगि रहनको लागि स्वस्थ जिवनशैलि जिउने चेतना वढ्नु विकास हो ।

रोग लाग्नै नदिनु र लागि हाले खानपिन, प्राकृतिक चिकित्सा, जडिवुटि योग वा ईमर्जेन्सी भए आधुनिक अस्पतालमा उपचार गराउनु ठिक हो ।

त्यस्तै न्याय क्षेत्र, सुरक्षाको विकास भनेको अदालत, जेल, पुलिस वढाउनु हो वा कानुनि साक्षरता, नैतिकता र सामाजिक न्यायमा आधारित शिक्षा दिनु विकास हो ।

त्यस्तै गरिविपनलाई देखाएर राजनिति, सहयोगापेक्षिलाई देखाएर समाजसेवा र भ्रष्टाचारको विरोध गरेर आफै भ्रष्टाचारी हुने के हो । त्यस्तै खादा, व्याज,आसन, भाषणमा आधारित औपचारिकता के हो?

यस्तै विकासे मोडेलका विषयमा चिन्तन गरि प्रत्यक म नै भान्सालाई औषधालय, म नै आफ्नो स्वास्थ्यको ख्याल राख्ने डक्टर र आफ्नो समुदायमा भएका संस्कृतिको संरक्षण र समस्या समाधान गर्ने सुत्र बनी प्रत्यक म नेतृत्व बन्नु विकास हो ।

अब स्व अध्ययन गर्ने, आफ्नो अनुभवलाई ज्ञान विज्ञानमा उपयोग गर्ने म उत्पादन गर्नु पर्दछ । दिगो विकासको रुपमा चलउरहेको भद्रगोल शहरि विकास भन्दा मौलिकतामा आधारित ग्रामिण विकास ठिक छ ।

पृथ्वी–प्रकृतिलाई, प्राणिहरुलाई, सस्कारलाई प्रेम, करुणा र शान्ति पथले वचाउदै असल, उर्जाशिल सचेत समाज निर्माण गर्नु नै विकास हो । अबको परिणाम यो निस्कनु पर्दछ ।

अन्तमाः प्रत्यकले वुझ्नु पर्दछ जसले मानवताको वारेमा पढाईरहेको छ उ सधै मानवमात्र हुन्छ भन्ने छैन । उ प्रकृति हुन सक्छ, पशुपंक्षी हुन सक्छ, वा अन्य ।

आज केही आचरणगत कारणहरुले यस धर्तिका प्रथम नेतृत्वहरुकै अस्तित्व मानिस आफैले संकट पूर्ण बनायो ! निर्दोष पशुपंक्षिलाई निर्ममता पूर्वक भक्षण गर्यो ! फलतःआफैं संकटमा रोईरहेछ्न्! अब ढिलो नगरि प्रायश्चित गरौं !

तिनको संरक्षणमा लागौं, तिनिहरु बाट प्राप्त प्राकृतिक ज्ञानको शरणमा परौं ! यो प्रत्यक म ले वुझ्न र जीवन व्यवहारमा लागू गर्न जरुरि छ । सचेत रहन चाहन्छौ सचेत बन्नु सम्भव छ । स्वस्थ बन्न चाहन्छौ स्वस्थ बन्न सम्भव छ ।

त्यसको लागि उर्जा चाहिन्छ । त्यो उर्जारुपि अस्त्र आहार, व्यवहार, विचारले दिन्छ । त्यसैले भन्न सकिन्छ सचेत क्रान्ति एक उर्जा हो । जसले विश्वास, कार्य, समुदाय र परिणाममा उर्जा भरि रुपान्तरण गर्दछ ।

लेखक सचेत क्रान्तिका सोचकर्ता तथा कानुन व्यवसायी हुन ।

प्रतिक्रिया
सम्बन्धित