१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा २ हजार ६३५ जनामा कोराना पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा २०४९, ललितपुरमा २२१ र भक्तपुरमा ३६५ जनामा संक्रमण देखिएको हो ।

यससँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ५२ हजार ४२४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेको छ ।

२४ घण्टामा थप १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ जना पुगेको मन्त्रालयले जनाएको छ ।