
काठमाडौँ, ४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जनाले कोरोना जितेका छन् ।
योसहित निको हुनेको संख्या ३ लाख ५२ हजार ४२४ जना पुगेको छ ।
गत २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेको छ ।
२४ घण्टामा थप १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया