
काठमाडौँ, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।
मंगलबार उनीहरुबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको थियो । तर अध्यक्ष ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् ।
यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।













प्रतिक्रिया