
काठमाडौँ, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको कार्यलय सिंहदरबारमा पार्टीको विवाद मिलाउन गठित कार्यदलको पहिलो औपचारिक बैठक सुरु भएको हो ।
आइतबार पार्टीको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएर १० सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।












प्रतिक्रिया