
काठमाडौँ, ४ जेठ । हेटौँडा अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको आइसियू कक्षमा उपचाररत हेटौँडाका ३ जना र बारा घर भएका एक महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा बाराकी ७५ वर्षीय एक महिला, हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ४ का ५४ वर्षीय एक पुरुष रहेका छन् । दुवैजनाको सोमबार मृत्यु भएको जनाइएको छ । त्यस्तै हेटौंडा–३ का ७२ वर्षका एक पुरुष र अर्का एक पुरुषको मंगलबार मुत्यु भएको हो ।












प्रतिक्रिया