७ कार्तिक २०८३, शनिबार

एनवाईईएफ­­­ले वीर र टिचिङ अस्पताललाई दियो अक्सिजन सिलिन्डर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ­)ले वीर अस्पतालको ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

मञ्चले ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उक्त अस्पताललाई उपलब्ध गराएको हो । उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको मञ्चले जनाएको छ । उक्त कार्य एनवाईईएफ­­ राष्ट्रिय परिषद काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरशीप ग्रुपबाट भएको थियो ।

नेपाली युवा उद्यमी मञ्च एउटा गैरनाफामूखी संस्था हो, यसको स्थापना सन् २००३ मा भएको हो । संस्थाको मूख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने ज्ञान, शीप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु हो ।

हाल मञ्चको एपेक्स बडी (केन्द्रीय कार्यसमिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६०० भन्दा बढी सदस्यहरु संस्थामा आवद्ध रहेको बताइएको छ ।