
काठमाडौं, ४ वैशाख । १२ वर्षीया बालिका र १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कपिलवस्तुकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवराज नगरपालिका–६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमान सोमबार राति पक्राउ परेका छन् ।
दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बीच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै मोरङकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० का २५ वर्षीय मनकुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया