८ कार्तिक २०८३, आइतबार

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुखमा खत्री नियुक्त, बीमा समितिद्धारा स्वीकृत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ ।

कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागि पठाएको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। बैङगलोरबाट एमबिए गरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।