९ कार्तिक २०८३, सोमबार

राप्रपाका अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिक्तेल, ४ जेठ । राप्रपा खोटाङका अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

प्रेसर लो भएका कारण स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष श्रेष्ठलाई सोमबार अस्पताल भर्ना गरिएको हो ।

अकस्मात अस्वस्थ बनेपछि जिल्ला अस्पताल दिक्तेल भर्ना भएका श्रेष्ठलाई अस्पतालले रेफर गरेपछि हेलीकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ ।

श्रेष्ठको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको राप्रपाले जनाएको छ । श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ ।