
काठमाडौँ, ३ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा २३४६, ललितपुरमा २९८ र भक्तपुरमा ४५४ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ हजार १९८ जना र एन्टिजेनबाट ४९ जना गरी थप ९ हजार २४७ जनालाई संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० जना रहेको छ ।
२४ घण्टामा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार २१५ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया