काठमाडौं, ३ जेठ । एनआईसी एशिया बैंकले संस्थागत उत्तरदायी नागरिकको हेतुले आफ्ना ग्राहक महानुभावहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।
बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता महानुभावहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।
यस योजना अन्तर्गत एक जना ग्राहक महानुभावले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।















प्रतिक्रिया