८ कार्तिक २०८३, आइतबार

एनएमबि बैंकको २ अर्वको ऋणपत्र खुल्ला, ६–६ महिनामा ब्याज भुक्तानी गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । देशका अधिकांश जिल्लामा आह्वान गरिएको निषेधाज्ञाका कारण व्यावसायिक गतिविधि ठप्प छ ।

कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न वाध्य भएको परिवेशमा लगानी सुनिश्चित गर्न एनएमबि बैंकले ऋणपत्र (डिबेञ्चर) खुल्ला गरेको छ ।

बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्राप्त हुने २ अर्ब बराबरको १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र जेठ २ गते, आइतबारदेखि बिक्री गरेको हो ।

प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो ।

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

अंकित मूल्य एक हजार रुपियाँ दरको ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ । यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ’प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गरिनेछ ।

बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी ऋणपत्र भने सर्वसाधारणले खरिद गर्न पाउनेछन् ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ ।