ठोरी, ३ जेठ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।
गाउँपालिकाले ठोरी– ४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरूलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले गाउँपालिकाले संक्रमणको जोखिमलाई ध्यान दिंदै २० वटा अक्सिजन सिलिण्डरसहित २० बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जानकारी दिए ।
अक्सिजन सपोर्ट आवश्यकता पर्ने संक्रमितहरूलाई आइसोलेसन केन्द्रमा ल्याएर राखिनेछ । अक्सिजन सपोर्ट आवश्यक नपर्ने बिरामीलाई भने घरमा नै होम आइसोलेसनमा राख्न गाउँपालिकाले सबै वडाहरूलाई सर्कुलर गरेको छ ।















प्रतिक्रिया