काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
वृद्धि भएको नयाँ मूल्य आइतबार मध्य राति १२ बजेबाट लागू भएको छ । कोरोना महामारीका बेला पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपियाँ मूल्यवृद्धि गरिएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।















प्रतिक्रिया