१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा २ हजार ६०९ जनामा कोराना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ जना र एन्टिजेनबाट ५२ जना गरी थप ७ हजार ३६८ जनालाई संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको छ ।

२४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार १ जना पुगेको मन्त्रालयले जनाएको छ ।