
काठमाडौँ, २ जेठ । कोरोनाभाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले थप कानुनी संरचना आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको आइतबार बसेको सिसिएमसीको बैठकले यस्तो ठहर गरेको हो ।
छलफलमा सहभागी रहेका पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संक्रामक रोग ऐन २०२० को प्रावधानले मात्र नपुग्ने भएर त्यसमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र अरू सम्बद्ध निकायलाई निर्देशन दिइएको जानकारी दिए ।
त्यस्तै, अक्सिजन प्लान्ट, कन्सन्ट्रेटर, सिलिण्डर र खोपको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायहरूलाई तदारूकताका साथ काम गर्न निर्देशन पनि दिइएको ज्ञवालीले जनाए ।












प्रतिक्रिया